के आवाजबाट पनि बिजुली निस्कन्छ ? हो, आवाजबाट पनि बिजुली निस्कन्छ तर फिल्ममा । यस्तै आवाबाट बिजुली निकाल्ने दुई विज्ञानका विद्यार्थीको प्रयासलाई लिएर नेपाली फिल्म निर्माण भएको छ, ‘बिजुली मेसिन’ । टिजर हेर्नुस् :

प्लस टु पढ्ने दुई विद्यार्थीको आवाजबाट बिजुली निकाल्ने प्रयासलाई ‘बिजुली मेसिन’ नाम दिएर नविन अवालले फिल्म निर्देशन गरेका हुन् । फिल्मबारे निर्देशक भन्छन्, ‘बिजुली मेसिन विज्ञान पढ्ने विद्यार्थीको कथा मात्रै होइन । यो त देशलाई केही नयाँ दिउँ भन्ने सम्पूर्ण युवा पुस्ताको कथा हो ।’ निर्देशकले आफ्नो फिल्म भदौ ३१ गतेदेखि देशभर प्रदर्शनमा आउने बताए ।

bijuli-machine-lead-artistsjpg

फिल्ममा अभिषेक सुवेदी, जीवन अधिकारी, एलिजा श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी भूषाल, कमलमणी नेपाल मुख्य भूमिकामा प्रस्तुत भएका छन् भने महानायक राजेश हमाल विशेष भूमिकामा प्रस्तुत भएका छन् । रिसभ आचार्य, सञ्जय न्यौपाने, दिपेन बस्नेत र सन्तोष लामिछानेको संयुक्त लगानी रहेको छ ।

For More videos Log on to Mazzako TV