एक समय दुई नायिकाहरु नीता ढुंगाना र अनु शाह मिल्ने साथी थिए । तर, प्रेममा परेपछि यी दुईको मित्रता मलिलो रहेन । अहिले फेरी नीता र अनुबिचको मित्रता झाँगिएको छ । प्रेमीसँग ब्रेकअप भएपछि नीता र अनु फेरी ‘बेस्टी’ भएका छन् ।

neeta-anu1

प्रसंग हो गएको शनिबार सम्पन्न ‘फान अवार्ड ०७२’ मा नीता र अनुको सहभागीता । एउटै सेतो रंगको गाउन लगाएर यी दुई नायिका अवार्ड समारोहमा पुगेको थिए । पोज पनि हात समाएरै दिए । सबैको नजर उनीहरुतिर पर्यो । केही भन्दै थिए, ‘फेरी यी मिलेछन् ।’

anu-neeta

फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’ रिलिज पश्चात् नीताको नायक आमेश भण्डारीसँग ब्रेकअप भयो भने अनुको पनि नायक सविन श्रेष्ठसँग ब्रेकअप भएको चर्चा छ । नीता र अनुको मित्रतालाई यतिबेला फिल्म नगरीमा ‘ब्रेकअप’ पछिको ‘बेस्टी’ भनेर चर्चा गरिंदैछ ।

For More videos Log on to Mazzako TV