शुक्रबार नयाँ फिल्म : ‘झोला’ की गरिमाको ‘तीन घुम्ती’ के होला ?
फ्राइडे रिलिज अन्र्तगत आजदेखि फिल्म ‘तीन घुम्ती’ प्रदर्शनमा आएको छ । विश्वेश्वर प्रसाद कोइरालाको चर्चित कृतिमाथि बनेको यो फिल्मलाई बाबुराम ढकालले निर्देशन गरेका हुन् भने कलाकारहरु गरिमा पन्त, ध्रुव दत्त र सुशान्त कार्कीले फिल्ममा मुख्य भूमिका निभाएका छन् ।
फिल्म ‘तीन घुम्ती’ मा नायिका पन्त मुख्य भूमिकामा प्रस्तुत भएकी छिन् । तर फिल्मको प्रचार प्रसारमा उनी सहभागी भइनन् । बिहे गरेकी गरिमा बेल्जियम छिन् । फिल्मको प्रदर्शन पुर्व निर्माण पक्षले गरिमा नेपाल आउने बताएपनि उनी आइनन् । कृति माथि नै बनेको उनी अभिनित फिल्म ‘झोला’ सफल भएको थियो । ‘झोला’ की नायिकाले खेलेको कृति माथि बनेको दोश्रो फिल्म ‘तीन घुम्ती’ के होला ? ‘तीन घुम्ती’ असार १७ गतेदेखि अल नेपाल प्रदर्शनमा आएको छ । ‘तीन घुम्ती’ युनिटसँग गरिएको मज्जाको गफगाफ हेर्नुस् :
For More videos Log on to Mazzako TV