भुवन केसी र नम्रता श्रेष्ठलाई राष्ट्रिय पुरस्कार : ३ विधामा ‘पशुपती प्रसाद’
राष्ट्रिय चलचित्र पुरस्कार २०७२ को नाम घोषणा गरिएको छ । चलचित्र विकास वोर्डले आफ्नो कार्यालय चावाहिलमा आयोजना गरेको १६ औं वार्षिक उत्सवमा राष्ट्रिय पुरस्कार पाउने व्यक्तिहरुको नाम सार्वजनिक गरिएको हो । विकास वोर्ड अध्यक्ष राजकुमार राईले घोषणा गरेको राष्ट्रिय पुरस्कार पाउने फिल्मकर्मीको नाम यस प्रकार छ :
१.सम्पादन : सुरेन्द्र पौडेल ‘क्लासिक’
२.छायाँकन : पुरुषोत्तम प्रधान र संजय लामा ‘ड्रिम्स’
३.लेखन : खगेन्द्र लामिछाने ‘पशुती प्रसाद’
४.अभिनेत्री : नम्रता श्रेष्ठ ‘क्लासिक’
५.अभिनेता : दयाहाङ राई ‘कबड्डी कबड्डी’
६.फिल्म : पशुपती प्रसाद
७.निर्देशक : दिपेन्द्र के.खनाल
८.आदिवासी फिल्म : युम्पो देउराली
९.नव निर्देशक : भुवन केसी ‘ड्रिम्स’
१०.दिर्घ साधना सम्मान : बसुन्धरा भूषाल (तीान लाख रकम)
अभिनेता दयाहाङ राईले दोश्रो पटक राष्ट्रिय पुरस्कार पाएका हुन् भने गत साल नम्रताले पाउने चर्चा थियो तर उनले पाइनन् ।
०७१ राष्ट्रिय चलचित्र पुरस्कार असार १६ गते चार बजे राष्ट्रपती भवनमा आयोजना हुँदैछ । रमेश बुढाथोकीको संयोजक रहेको राष्ट्रिय चलचित्र पुरस्कार जुरी सदस्यहरुमा मोहन निरौला, सरिता लामिछाने, करुण थापा र सुशिल पौडेल रहेका छन् ।