नाच घरमा प्रदिप र वर्षाको यस्तो नाच (फोटो फिचर)
‘प्रेम गीत’ नायक प्रदिप खड्का र ‘पशुपती प्रसाद’ की नायिका वर्षा सिवोकोटीले असार १८ गते आयोजना हुने ‘फान अवार्ड’ मा आफ्नो प्रस्तुती दिदैंछन् । प्रदिप र वर्षाले पहिलो पटक अवार्डमा आफ्नो प्रस्तुती दिन लागेका हुन् ।
प्रदिप र वर्षाले फिल्म ‘प्रेम गीत’ को ‘म यस्तो गीत गाउँछु’ बोलको गीतमा आफ्नो छोटो प्रस्तुती दिदैंछन् । पहिलो पटक अवार्डमा प्रस्तुती दिन लागेका उनीहरु यतिबेला रिहलसल्समा व्यस्त छन् । कोरियोग्राफर कविराज गहतराज र गम्भिर विष्टले प्रदिप र वर्षासँगै दर्जन बढी कलाकारहरुलाई फान अवार्डका लागि नृत्यको अभ्यास गराइरहेका छन् । उनीहरु आफ्नो ‘वेस्ट’ दिन लागिपरेका छन् ।
पहिलो पटक चलचित्र कलाकार संघले आयोजना गरेको अवार्डमा नव तथा अग्रज कलाकारहरुले प्रस्तुती दिदैंछन् । जसमा सरोज खनाल, गौरी मल्ल, सृजना बस्नेत, शिवहरी पौडेल, अनु शाह, गजित विष्ट, शंकर विसी, पवित्रा आचार्य लगायत छन् ।