रक्सीको प्रबद्र्धन गर्न सन्नी तेश्रो पटक नेपाल
बलिउड अभिनेत्री सन्नी लियोनी काठमाण्डौं आएकी छिन् । नेपाली उत्पादन जिङ्क भोड्काको थप बजार प्रबद्र्धन गर्न सन्नी तेश्रो पटक नेपाल आएकी हुन् । पुर्व पोर्न स्टार लियोनी जिङ्क भोड्काको एम्बेसडर हुन् ।
नेपाल बसाईंमा उनले जिङ्क भोड्काले आयोजना गर्ने पार्टीमा सहभागी हुनेछिन् । उनको यो पटकको नेपाल बसाईं कति हुने भन्ने खुलाइएको छैन । पती डेडिनियल वेभरसँग गएको वर्ष सन्नी दुई पटक नेपाल आएकी थिइन् ।
अघिल्ला भ्रमणमा सन्नीले श्वयम्भू, बौद्ध स्तूपा, भक्तपुर दरबार स्क्वायर लगायत धार्मिक क्षेत्रमा घुमेकी थिइन् । तेश्रो पटक नेपाल आएको सन्नीले आफ्नो ट्विटरमार्फत जानकारी दिएकी हुन् ।
For More videos Log on to Mazzako TV