‘झुम्की’ मा बल्ल झुल्किइन् मलिना (दोश्रो पोस्टर रिलिज)
फिल्म ‘झुम्की’ को पहिलो पोस्टर र टिजरमा पुर्व मिस नेपाल मलिना जोशी लुकाइएकी थिइन् । यो फिल्मको पछिल्लो सार्वजनिक पोस्टरमा भने मलिना पनि झुल्किएकी छिन् ।
अपिल विष्ट निर्देशित ‘झुम्की’ को सार्वजनिक दोश्रो पोस्टरमा मलिना सहित दयाहाङ राई, रिश्मा गुरुङ, मनोज आरसी र प्रमोद अग्रहरी लगायत कलाकारहरु छन् । अपिल विष्ट फिल्म प्रोडक्सन र सिनेमा आर्टको संयुक्त प्रस्तुती रहेको फिल्म ‘झुम्की’ भदौ ९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
रामबाबु गुरुङको लेखन रहेको फिल्ममा कालिप्रसाद बाँस्कोटा र हेमन्त रानाले संगीत दिएका छन् । सिनेम्याटोग्राफी शैलेन्द्र डि.कार्कीको छ । सम्पूर्ण छायाँकन सकेर ‘झुम्की’ यतिबेला सम्पादन भैरहेको छ । टिजर हेर्नुस् :