अक्षयको रेट ५६ करोड ???
बलिउडका खेलाडी कुमारले ५६ करोडमा एक नयाँ चलचित्र साईन गरेका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार दिब्या कुमार खोसलाले निर्देशन गर्ने नयाँ चलचित्रमा अक्षयले यत्रो रकम चार्ज गरेका हुन् । यसअघि पनि अक्षयले ‘जली एलएलबी २’ मा अक्षयले ४२ करोड चार्ज गरेको समाचारहरु आएका थिए ।
निर्देशक दिव्याका चलचित्रहरुले पछिल्लो समय एभरेजको मात्रै विजनश गरिरहेका छन् । अब अक्षयसँगको नयाँ टाईअपले भने उनको चलचित्रको ब्यापार हवात्तै बढ्ला त ? त्यो भने चलचित्र प्रर्दशनमा आएपछि नै थाहा होला । अक्षयसँग बनाउन लागेको यो नयाँ फिल्म दिब्यको तेस्रो फिल्म हुनेछ । उनले यस अघि ‘यारिया’ र ‘सनम रे’ निर्देशन गरिसकेकी छिन् ।