बौद्ध धर्मको कार्यक्रम दिपक श्रेष्ठले आयोजना गरे : गुरुको शरणमा को-को फिल्मकर्मी पुगे ?
एक समय चलेका निर्देशक हुन्, दिपक श्रेष्ठ । तर पछिल्लो केही वर्षदेखि भने उनी फिल्म निर्देशनमा निस्क्रिय जस्तै छन् । उनले निर्देशन गरेको पछिल्लो फिल्म ‘रङ वे’ ले अश्लिलताको पराकाष्ठ नाघेपछि उनको त्यो फिल्म सेन्सरमै अल्झिएको छ । प्रदर्शनमा आएको छैन ।
एक्सन कटमा निस्क्रिय रहेपनि निर्देशक श्रेष्ठको सक्रियता भने घटेको छैन । राजनीतिक भेटघाट र सभा समारोहमा उनी व्यस्त भैरहेका हुन्छन् । उनी पछिल्लो पटक धर्म कर्मममा पनि लागेका छन् । गएको शुक्रबार उनकै सक्रियतामा एक धार्मिक गोष्ठीको समेत आयोजना गरियो । निर्देशक श्रेष्ठको संयोजकत्वमा बुद्ध धर्मको प्रवचन गोष्ठीमा नेपाली फिल्म क्षेत्रका व्यक्तिहरुको राम्रै सहभागीत रहेको थियो ।
चलचित्र विकास वोर्डका अध्यक्ष राजकुमार राईदेखि पुराना अभिनेत्रीहरु भुवन चन्द, बसुन्धरा भूषाल र चैत्यदेखि वरिष्ठ निर्देशक तुलसी घिमिरे सहित अभिनेता कृष्ण मल्ल, अभिनेत्रीहरु रुपा राना, सरिता लामिछाने, दिपाश्री निरौला, रेजिना उप्रेती, पूजना प्रधान लगायत सहभागी थिए । गौतम बुद्धको मुर्तिलाई शिरमा राख्दै राख्दै धर्म गुरुले सबैलाई आर्शिवाद दिए ।