नायक सौगात मल्ल कम बोल्छन् । मिडियासँग उनको जम्काभेट  विरलै हुने गर्दछ । दर्शकसँगको साक्षत्कार त परेकै कुरा । तर, शनिबार भने सौगात यी सबै बानीलाई भुल्दै आफु अभिनित फिल्म ‘लुकामारी’ लागेका राजधानीका केही हलहरुमा पुगे ।

saugat-selfie-with-fan-1

यद्पी सौगातले आफ्नो फिल्म लाग्दा यसरी हलमा आएको पहिलो पटक भने नरहेको बताए । उनले हाँस्दै भने, ‘आफ्नो अरु फिल्म लाग्दा पनि म हल आउँथे तर तपाईंहरु (मिडिया) आउनुहुदैन्थ्यो।’ यस्तै नायिका सुरविना कार्कीले पहिलो पटक दर्शकसँग साक्षत्कार गर्न पाउँदा निकै खुसी लागेको बताइन् । सौगात र सुरविनाले आफ्नो फिल्म हर्न हल आउने दर्शकहरुलाई धन्यवाद दिए ।

saugat-surbina-selfie

प्रस्तुतकर्ता सुरजमान भण्डारीले बालाजुको अष्टनारायण हल र कमलपोखरीमा रहेको बिग मुभिजमा सौगात सहित नायिका सुरविना कार्की लगायत अन्य कलाकारहरु र निर्माण टोलीलाई दर्शकसँग साक्षत्कार गराएका थिए । पहिलो पटक फिल्म निर्माणमा हात हालेका प्रस्तुतकर्ता भण्डारीले शुक्रबार र शनिबार हलमा देखिएको दर्शक संख्याबाट आफ्नो समुह खुसी रहेको बताए ।

lukamari-hall-report

शनिबार राजधानीको मल्टिप्लेक्सका प्रायः शोहरु हाउसफूल रहेको उनले बताए । यही रफ्तारमा दर्शक हलमा आए आफ्नो फिल्मको लगानी सुरक्षित हुने उनले आशा व्यक्त गरे । श्रीराम दाहाल निर्देशित फिल्म ‘लुकामारी’ मा सौगात र सुरविना सहित कर्म, रिस्ता बस्नेत लगायतको अभिनय रहेको छ । क्राइम सस्पेन्स फिल्मलाई दर्शकले रुचाएका छन् ।

saugat-at-film-hall

saugat-surbina-suraj

For More videos Log on to Mazzako TV