तेश्रो सन्तानको रुपमा ऋचालाई छोरी लाभ : अस्पतालमा लाग्यो फिल्मकर्मीको भिड
अभिनेत्री ऋचा घिमिरेले तेश्रो सन्तानको रुपमा छोरी जन्माएकी छिन् । उनले अमेरिकाको एक अस्पतालमा बिहिबार स्वस्थ छोरीलाई जन्म दिएकी हुन् । यसअघि उनका दुई छोराहरु छन् ।
गर्भवती ऋचालाई अस्पतालमा भेट्न नायक दिलिप रायमाझी, मुकेश ढकाल, विमलेश अधिकारी, नायिका उषा पौडेल, निर्देशक सुरेश दर्पण पोखरेल लगायत पुगे । अस्पतालको शैयामै फोटो खिचेर उनीहरुले फेसबुकमा पोस्ट गरेका छन् । यस्तै ऋचाका पति शंकर घिमिरेले छोरीलाई काखमा राख्दै सेल्फी समेत खिचेका छन् । ऋचा र शंकर केही वर्ष पहिला फिल्म ‘तुलसी’ प्रदर्शनका लागि अमेरिका गएका थिए ।