गौरी मल्लले आँखा, मुटु र मृगौला दान गर्ने
अभिनेत्री गौरी मल्लले आफ्ना आँखा, मुटु र मृगौला दान गर्ने भएकी छिन् । अभिनेत्री मल्ल आफैले यस्तो खुलासा गरेकी हुन् । दृष्टिविहिन श्रृष्टि केसीको जीवनीमा माथि बन्न लागेको फिल्म ‘ब्लाइन्ड रक्स’ नामक फिल्म निर्माणको औपचारिक घोषणा कार्यक्रममा गौरीले यस प्रकारको घोषणा गरेकी हुन् ।
दृष्टिविहिन केसीको क्षमताको प्रशंसा गर्दै गौरीले भनिन्, ‘सबै दृष्टिविहिन श्रृष्टि जस्तै क्षमतावान नहुन सक्छन् । त्यसैले मैंले चाहिं आफ्नो आँखा, मुटु र मृगौला दिने निर्णय गरेको छु । मिल्ने भए शरीर पनि दिन्थें ।’ बुझिए अनुसार यी अंगहरु दान गर्न गौरी कागजी प्रक्रियामा लागिरहेकी छिन् । गौरी स्वयम पनि दृष्टिविहिन श्रृष्टिको जीवनी माथि बन्ने फिल्ममा अभिनय गर्दैछिन् । मिलन चाम्सको निर्देशन रहने फिल्ममा वेनिशा हमाल शिर्ष भूमिकामा प्रस्तुत हुँदैछिन् । साथमा अर्पण थापा, शिशिर भण्डारी, नाजिर हसेन लगायत कलाकारको पनि फिल्ममा अभिनय छ ।
For More videos Log on to Mazzako TV