एक्सन फिल्म ‘हँसिया’ र सामाजिक कथा वस्तुको ‘विर विक्रम’ निर्देशन गरेका मिलन चाम्सले अब भने बायोपिक फिल्म निर्देशन गर्ने भएका छन् । १६ बर्षको उमेरमा दुबै आँखाको ज्योती गुमाएकी भक्तपुरकी श्रृष्टी केसीको जीवनीमा आधारित रहेर चाम्सले ‘ब्लाइन्ड रक्स’ नामक फिल्म निर्देशन गर्ने भएका हुन् । श्रृष्टीले आफूमाथि नै फिल्म बन्न लागेकोमा खुशी व्यक्त गरिन् ।

benisha-shristi-milan

चाम्स इन्टरटेन्मेन्ट र एन फिल्मस् एन्ड क्रियशनको ब्यानरको प्रस्तुती रहने फिल्मको सोमबार औपचारिक निर्माणको घोषणा गरियो । यो बायोपिक फिल्ममा निकेश लिम्बुले लगानी गर्नेछन् । श्रृष्टिको भूमिकामा नायिका बेनिशा हमाल प्रस्तुत हुँदैछिन् । प्रेसमिटमा बेनिशाले श्रृष्टिको भूमिकालाई न्याय गर्ने वचन दिइन् ।

benisha-hamal-shristi-kc

‘यस प्रकारको भूमिका गर्ने हरेक कलाकारको सपना हुन्छ । मेरो सपना पूरा भएको छ । भूमिकालाई शत प्रतिशत न्याय गर्ने कोशिस गर्नेछु’ प्रेसमिटमा वेनिशाले भनिन् ।‘ब्लाइन्ड रक्स’ मा बेनिशासँगै अर्पण थापा, नाजिर हुसेन, गौरी मल्ल, प्रज्वल सुजल गिरी, शिशिर राना र दिपक गुरुङ ‘प्याट्म्यान’ को अभिनय रहनेछ । फिल्मको छायाँकन नेपाल र भारतमा हुनेछ ।

gauri-malla-najir

यम थापाको कथा रहेको फिल्ममा हरि लम्साल र ताराप्रकाश लिम्बुको संगीत रहनेछ भने रामकुमार केसीको सिनेम्याटोग्राफी रहनेछ । कविराज गहतराज नृत्य निर्देशक हुन् । फिल्मको सम्पादन अर्जुन जीसीले गर्नेछन् । मिलन चाम्सले निर्देशन गरेको दोश्रो फिल्म ‘विर विक्रम’ भदौ २ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

milan-chams-yam-thapa

najir-husen-sishir-rana

For More videos Log on to Mazzako TV