गरिमालाई ‘तीन घुम्ती’ मा फूल झैं नरम बनाए सुशान्तले (भिडियो)
विपी कोइरालाको चर्चित कृति तीन घुम्ती माथि बनेको फिल्म ‘तीन घुम्ती’ को नयाँ गीत रिलिज भएको छ । भिडियोमा नायिका गरिमा पन्त र नायक सुशान्त कार्की फिचरिङ छन् । ‘फूल झैं नरम’ गीतमा कृष्णहरि बरालको शब्द, बसन्त सापकोटाको संगीत रहेको छ भने प्रल्हाद तिमल्सिना र मिलन अमात्यको स्वर रहेको छ । भिडियो हेर्नुस् :
बाबुराम ढकाल निर्देशित फिल्म ‘तीन घुम्ती’ मा गरिमा र सुशान्तसँगै लक्ष्मी गिरी, ध्रुव दत्त लगायत कलाकारहरुको अभिनय रहेको छ । विभिन्न देशमा च्यारेटी शो समेत गरिएको यो साहित्यिक कृति माथि बनेको फिल्म नेपालमा असार १७ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
For More videos Log on to Mazzako TV