राजेशलाई मधुले भनेकी थिइन्,‘सारी लगाएर घरमा नआउनुस्’
फिल्म ‘सकुन्तला’ मा महानायक राजेश हमाल नारी भेषमा प्रस्तुत भएका छन् । राजेशले सारी, चोली, टिका र चुरा लगाएको फिल्मको टिजर नै सार्वजनिक भैसकेको छ । राजेश यस प्रकारको भूमिकामा पहिलो पटक प्रस्तुत भएका छन् । राजेशको नारी अवतारलाई लिएर पत्नी मधु भट्टराईले चाहिं कस्तो प्रतिक्रिया दिइन् होला त ?

सुन्नामा आए अनुसार राजेश हमालको नारी भेषप्रति पत्नी भट्टराई खुसी छन् । यद्पी मधुले राजेशलाई के भनेकी थिइन् रे भने, ‘तपाई सारी लगाएर चाहिं घरमा नआउनुस् है ।’ पत्नीको यस प्रकारको सुझाव आएपछि हमाल पनि नारी अवतारमा घरमा नगएको उनी हमाल निकट श्रोत बताउँछ । सारी चोलीको राजेश हमालसँग गरिएको मज्जाको गफगाफ हेर्नुस् :
जे होस् पत्नीले पनि प्रशंसा गरेका हमालको नारी अवतारको भने चारैतिर चर्चा भैरहेको छ । भदौ ९ गतेदेखि प्रदर्शनम आउने फिल्म ‘सकुन्तला’ को टिजर हेर्नुस् :








