अभिनेता, निर्देशक तथा निर्माता भुवन केसीले ‘ड्रिम्स’ पाइरेसी विरुद्ध महानगरीए प्रहरी परिसर टेकुमा उजुरी दर्ता गराएका छन् । भुवनले  फिल्म पाइरेसी गर्नेलाई कानुनी कारवाही र क्षतिपूर्तिको माग गर्दै बिहिबार अपरान्ह प्रहरी परिसरमा उजुरी दर्ता गराएका हुन् ।

bhuwan-kc-edited

चलचित्र विकास वोर्ड, निर्माता संघ लगायत अन्य फिल्म सम्वद्ध संघ संस्थामा पनि ‘ड्रिम्स’ पाइरेसी विरुद्ध निवेदन दिन गैरहेको भुवनले भने, ‘पाइरेसीले गर्दा मलाई एक करोडको घाटा लागेको छ, फिल्म क्षेत्रलाई पचास करोडको छ ।’ पाइरेसीका कारण विदेशका थुप्रै शोजहरु रोकिन गएको समेत उनले बताए ।

आफ्नै निर्देशनमा छोरा अनमोल केसी र नव नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहेको फिल्म ‘ड्रिम्स’ ले नेपालमा वम्परको कमाइ गरेको थियो । परिसरका एसएसपी सर्वेन्द्र खनालले पाइरेसी गर्नेको खोजी कडाईका साथ गरिने वचन दिएको भुवनले बताए ।

गएको केही महिनादेखि ‘ड्रिम्स’ सँगै ‘प्रेमगीत’, ‘पशुपति प्रसाद’ जस्ता हिट फिल्महरु पाइरेसीको मारमा परिरहेका छन् ।

For More videos Log on to Mazzako TV