दिपिका देखि कंगना सम्म, कुन नायिकाले कति लिन्छन् पारिश्रमिक ? (हेर्नुस् विस्तारमा)
सिनेमा खेलेर कुन नायिकाले कति कमाउँछन्, कति पारिश्रमिक लिन्छन् भन्ने जिज्ञासा हामी सबैलाई हुन्छ । अझ बलिउड सेलिब्रेटीले मेन्टेनेन्स र स्टारडमका लगि निकै खर्च गरेको देखिन्छ । यति धेरै खर्च गर्न पुग्ने यि सेलिब्रेटीहरुले आखिर सिनेमा खेलेर चाहि कति पारिश्रमिक लिन्छन् त ?
आउनुस् हेरौ, कुन नायिकाले कति पारिश्रमिक लिन्छन् सिनेमाबाट :-
१. दिपिका पादुकोण :-
दिपिका पादुकोणले सिनेमाबाट १५ करोड लिने गरेको देखिन्छ ।
२. करिना कपुर खान
नायिका करिना कपुर खान आफ्नो सिनेमाबाट ९ करोड पारिश्रमिक चार्ज गर्ने गर्छिन् ।
३.प्रियंका चोपडा :-
बलिउड टन्र्स हलिउड एक्ट्रेस प्रियंका चोपडा सिनेमामा काम गरेबापत ९ करोड लिने गर्छिन् ।
४. कट्रिना कैफ :-
नायिका कटरिना कैफ सिनेमा खेले बापत ७ करोड भारु चार्ज गर्छिन् ।
५. विद्या बालन :-
बलिउडकी हट नायिका विद्या बालन सिनेमा खेले बापत ७ करोड लिने गरेकी छिन् ।
६. अनुष्का शर्मा :-
भर्षटायल एक्ट्रेस अनुष्का शर्माले सिनेमामा काम गरेबापत ६ करोड रुपैयाँ पारिश्रमिक लिने गरेकी छिन् ।
७.सोनाक्षी सिन्हा :-
नायिका सोनाक्षी सिन्हा पनि बलिउडकी महंगी नायिका भित्रै पर्छिन् । उनले सिनेमा खेले बापत ६ करोड पारिश्रमिक लिने गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
८. श्रद्धा कपुर :-
पछिल्लो समय निकै रुचाईएकी यि नायिकाको चलचित्र दर्शकले मन पराएपछि श्रद्धा कपुरले पनि आफ्नो पारिश्रमिक बढाएकी छिन् । उनीले चलचित्रमा काम गरेबापत ५ करोड लिने गरेकी छिन् ।
९. कंगना रनोट :-
आफ्नो अभिनयको जादुबाट सबैको मन जित्न सफल नायिका हुन् कंगना रनोट । पछिल्लो समयकी निकै चर्चित यि नायिका सिनेमाबाट ३ करोड पारिश्रमिक चार्ज गर्छिन् ।
१०. परिणीति चोपडा :-
निकै सम्भावना बोकेकी नायिका भनेर सम्बोधन गरिने नायिका परिणीति चोपडाका अधिकांश सिनेमाले राम्रो ब्यापार गर्न सफल भएका छैनन् । तर पनि, उनी सिनेमा खेले बापत भने निकै राम्रो पारिश्रमिक लिने गर्छिन् । उनले तीन करोड सम्म चार्ज गर्ने गरेकी छिन् ।
११. आलिया भट्ट :-
त्यस्तै नायिका आलिया भट्ट पनि सिनेमा खेले बापत तीन करोड चार्ज गर्ने नायिकामा पर्छिन् । बलिउडकी यि क्युट नायिकाले धमाधाम सिनेमामा काम पनि पाईरहेकी छिन् ।
यो रिपोर्ट दैनिक भाष्कर बाट साभार गरिएको हो ।
For More videos Log on to Mazzako TV