नायिका नम्रता श्रेष्ठको आफ्ना समकालिन नायिकाहरुसँग राम्रै सामिप्यता थियो । नायिका प्रियंका कार्कीसँग त नम्रताको मित्रता एक समय फेसबुकमा राम्रै पोस्ट हुने गर्दथ्यो । तर, केही समययता भने मित्रताको संजालबाट नम्रता पर भएको भान हुन्छ । उनी अभिनित फिल्म ‘होमवर्क’ को प्रिमियरमा यस्तै देखियो ।

namrata-shrestha

गत बिहिबार आयोजित नम्रता अभिनित फिल्म ‘होमवर्क’ को प्रिमियरमा उनका समकालिन नायिकाहरु कोही पनि सहभागी भएनन् । जबकी प्रियंका, निशा अधिकारी लगायत अन्य समकालिन नायिका अभिनित फिल्मको प्रिमियरमा नम्रता पुग्ने गर्दथिन् । आखिर किन पातलिदैंछ त नम्रताको सामिप्यता नायिकाहरुसँग ?

चर्चा भएअनुसार नम्रता प्रेममा परेपछि समकालिन नायिकाहरुसँग उनको मित्रता पातलिदैं गइरहेको हो । सार्वजनिक कार्यक्रममा समेत नम्रता प्रायः आफ्ना प्रेमी दावा शेर्पासँग देखिन्छिन् । उनकै एटिक क्याफेमा नायिकाहरुबिच हुने जमघटमा पनि नम्रता सहभागी नहुने गरेको बताइन्छ । प्रेममा परेपछि नम्रताको नायिकाहरुसँग मित्रता कम भएको हो या यस्तो देखिएको हो ? यो प्रश्न नम्रतालाई नै ।

For More videos Log on to Mazzako TV