सिनेमाको प्रविधसँग यसरी खेल्छन् शाहरुख (हेर्नुस् मज्जाको तस्वीरहरु)
अहिले प्रविधिको जमाना छ । प्रविधिले संसारलाई नै निकै सानो बनाएको छ, संसारको एक कुनामा रहेको मान्छे र अर्को कुनमा रहेको मान्छे बीचको दुरी पनि प्रविधिले छोटो गराएको छ । सिनेमाको संसारमा पनि प्रविधिले निकै फड्को मारेको छ । बन्द कोठामा हरियो पर्दा राखेर गरिएको सुटिङ्गमा अहिले निर्देशकले सोचेको जस्तो भिजुअल इफेक्ट्स राखेर सिनेमालाई निकै गुणस्तरिय बनाउन थालेका छन्। नेपालमा पनि भर्खरै भित्रदै गरेको यो नयाँ प्रविधि हलिउड र बलिउडमा निकै पहिलेदेखि नै प्रयोग भईरहेको छ ।
आज मज्जाको अनलाईनमा शाहरुख खानको अप्रिलमा रिलिज भएको फिलम ‘फ्यान’को मेकिङ्गका केही दृश्यहरु प्रस्तुत गर्दैछौं । यसैबाट तपाई अनुमान लगाउन सक्नुहुन्छ कि भ्युजल इफेक्ट्सले कस्तो दृश्यलाई कस्तो देखाउन सक्छ भनेर ।
मनिस शर्माले निर्देशन गरेको सिनेमा ‘फ्यान’मा शाहरुखलाई दोहोरो भुमिकामा देखाईएको थियो । सिनेमामा शाहरुख आर्यन शर्मा र उसको फ्यान गौरव चाँदनाको रोलमा देखिएका थिए । हुन त शाहरुखलाई यो सिनेमाले घाटाको ब्यापार दियो तर पनि चलचित्रको भ्युजल इफेक्ट्सको काम भने निकै तारिफयोग्य थियो । हेर्नुस्, मज्जाको केही तस्वीरहरु :-