हेर्नुस्, सलमान खानको ‘फार्म हाउस’ यस्तो छ (मज्जाको तस्वीरहरु)
मुम्बईको पनवेलमा रहेको सलमान खानको फार्म हाउसको निकै चर्चा हुने गरेको छ । आज मज्जाको अनलाईनमा उनको फार्म हाउसका केही मज्जा मज्जाका तस्वीरहरु हामी प्रस्तुत गर्दैछौं ।
सलमानको फार्म हाउस पार्टी र सोशल इभेन्ट्सका लागि निकै चर्चामा छ । सलमानको सुपरहिट चलचित्र ‘बजरंगी भाईजान’को केही सिनहरुको पनि यो फार्म हाउसमा सुटिङ्ग गरिएको थियो ।
सलमानको यो फार्म हाउसको नाम अर्पिता फाम्र्स भनेर राखिएको छ, जुन उनकी बहिनीको नामबाट राखिएको हो । यो फार्म हाउस १५० एकडमा फैलिएको छ ।
फार्म हाउसमा बिशेषगरि घोडाको स्याहार गर्नको लागि अलि बढी एरिया छुट्याईएको छ । विशेष गरि सलमान आफ्नी गर्लफ्रेन्ड लूलिता वन्तूरका साथमा फार्म हाउसमा हर्स राईडिङ्ग गरिरहेको अवस्थामा देखिन्छन् ।
सलमान आफ्नो फार्म हाउसमा बाईक राईडिङ्गको साथमा गाडी पनि चलाउछन् । सलमानको फार्म हाउसमा जिम नहुने त कुरै भएन । साथमा निकै सजाईएको स्वीमिङ्ग पुल पनि उनको फार्म हाउसमा छ ।