एनटिभीमा आउने भयो दीपक र दिपाको नयाँ कार्यक्रम : थपिए जितु पनि
हाँस्य व्याङ्ग्य कलाकार दीपकराज गिरी र दिपाश्री निरौलाले टेलिभिजनमा नयाँ कार्यक्रम ल्याउने भएका छन् । तर, नयाँ आउने हाँस्या व्याङ्ग्य श्रृङखलाको स्वरुप भने तीतो सत्यको भन्दा फरक हुनेछ । ‘स्वास्थ्य सम्बन्धी सामाजिक जनचेतनामुलक कार्यक्रम हुनेछ’ , दिपाश्रीले भनिन्, ‘अबको एक महिनादेखि नयाँ कार्यक्रम नेपाल टेलिभिजनमा प्रशारण हुनेछ ।’ दीपक र दिपाश्रीको नयाँ कार्यक्रममा अर्का हाँस्य व्याङ्ग्य कलाकार जितु नेपाल पनि थपिएका छन् ।
नेपाल सरकारले गर्भवती आमाले आफ्नो र बच्चाको हेरचाह गर्ने तीन वर्षे अभियानमा दीपक, दिपाश्री र जितुलाई प्रोमोटरको रुपमा नियुक्त गरेसँगै उनीहरुको नयाँ चेतनामुलक हाँस्य व्याङ्ग्य टेलि श्रृङखला सुरु हुन थालेको हो । टेलिभिजन कार्यक्रम सहित यी तीन कलाकारहरु देशका १६ वटा जिल्लाहरुमा पनि पुग्नेछन्, जहाँ उनीहरुले गर्भवती आमाहरुलाई स्वास्थ्य सम्बन्धी चेतना दिनेछन् । यो अभियानमा क्रिकेटर पारस खड्कालाई भने नेपाल सरकारले दुतको रुपमा नियुत्त गरेको छ । गोल्डेन हजार दिनहरु अभियानमा संचार मन्त्रालय, स्वास्थ्य मन्त्रालय, युनिसेफ र नेपाल योजना आयोगले हातेमालो गरेका छन् ।
For More videos Log on to Mazzako TV