सुन्दरी देखिने काइदा, नम्रता भन्छिन्, ‘डल्ले खुर्सानीले गर्छ फाइदा’
नम्रता श्रेष्ठलाई रजतपटमा सुन्दरी नायिकाको रुपमा लिइन्छ । अग्रजदेखि समकालिन नायिकाले पनि नम्रताको सौन्दर्यको प्रशंसा गर्ने गर्छन् । आखिर के छ नम्रताको सौन्दर्यको राज ? उनी के खान्छिन् ? के गर्छिन् ?
‘म खासै केही गर्दिंन’, मज्जाको अनलाइनसँग आफ्नो सौन्दर्यताको राज खोल्दै नम्रताले भनिन्, ‘सानो हुँदा योगा गर्थें । अहिले त्यो पनि गर्दिंन ।’ उसो भए के हो त सौन्दर्यको राज ? नम्रताले हाँस्दै भनिन्, ‘म एकदम धेरै डल्ले खुर्सानी खान्छु ।’ केही दिनदेखि भने नम्रताले जिम खाना पनि ज्वइन गरेकी छन् । किन त ? ‘मसल्सलाई बलियो बनाउन’ नम्रताले भनिन् । यही साता प्रदर्शनमा आउने फिल्म ‘होमवर्क’ नायिका नम्रता, नायक आर्यन सिग्देल र निर्देशक निरक पौडेलसँग गरिएको मज्जाको कुराकानी हेर्न तलको भिडियो लिंकमा क्लिक गर्नुस् :
For More videos Log on to Mazzako TV