संचिता र जीवन यसकारण राजी भए ‘राधा’ खेल्न (हेर्नुस् मज्जाको फोटो फिचर)
फिल्म राधामा नायक जीवन लुर्इुंटेल र नायिका संचिता लुईंटेलले जोडी बाँधेका छन् । योगेश घिमिरेले निर्देशन गर्दै गरेको यो फिल्ममा यो जोडी पर्दामा पहिलो पटक प्रस्तुत हुँदैछ । उनीहरु ‘राधा’ मा किन जोडी बाँध्न राजी भए त ?
संचिताको भनाईमा राधाको कथा नै राम्रो छ । कथा सँगै निर्देशक योगेश घिमिरेको मिहेनत र प्राविधिक हिसाबले फिल्म राम्रो बन्नेछ । उनले भनिन्, ‘योगेश जीसँग मैले सम्झना र सपुत गरी दुई वटा फिल्ममा काम गरिसकेको छु । त्यसैले धेरै बर्ष पछि उहाँसँग फेरी काम गर्दा उहाँको फिल्म मेकिङ गर्ने शैलीमा परिवर्तन आएको पाएँ ।’
यता नायक जीवन लुइँटेलले पनि ‘राधा’ को कथा नै सबै भन्दा शशक्त पक्ष रहेको भन्दै यो फिल्मलाई दर्शकले रुचाउने विश्वास गरे । जिवनले भने, ‘बर्षमा २ वटा मात्र फिल्म खेल्ने निर्णयमा पुगेको छु । त्यसकारण धेरै स्क्रिप्ट छनौट गर्ने क्रममा मलाई राधाको स्क्रिप्टले छोयो र यो फिल्म गरेको हुँ ।’ निर्देशक घिमिरेले पनि राम्रो फिल्म बनाउन कुनै कन्जुस्याँईं नगर्ने बताए ।
गत बैशाख २४ देखि छायाँकन सुरु भएको राधाको सम्पूर्ण छाँयाकन पूर्वाञ्चलमै हुनेछ । नेपालमा पहिलो पटक घाम उदाउँने क्षेत्रका रुपमा परिचित श्री अन्तु डाँडा बाहेक दार्जेलिङको मिरिक र झापाको विर्तामोडमा राधाको सुटिङ भईरहेको छ । तस्बिर : विनोद पोखरेल