सलमानले बिहे गर्दा कसलाई भयो पीडा ?
अभिनेता सलमान खानले यो बर्षको अन्तिम महिनामा बिहे गर्ने चर्चा छ । सलमानले यो बर्षको अन्तिम महिनामा रुमर गलफ्रेन्ड लुलियासँग बिहे गर्ने चर्चा चलिरहेको छ । तर, सलमानले बिहे गर्दा एक अभिनेत्रीलाई भने रिस उठ्ने देखिएको छ । ती अभिनेत्री हुन् डेजी शाह ।
सलमानले बिहे गर्दा अभिनेत्री डेजी शाह केही असन्तुष्ट छिन् । उनले सलमानलाई बिहे नगर्न सुझाव दिइन् । फिल्म ‘जय हो’मा एकसाथ काम गर्दा डेजी र सलमानविच प्रेम चलेको चर्चा पनि भएको थियो । तर, यी दुइले यस बिषयमा केही पनि बोलेनन् । तर, अहिले सलमानले बिहे गर्ने कुरा चल्दा असन्तुष्टी पोख्दै डेजीले नगर्न सुझाव दिनुलाई अर्थपूर्ण रुपमा हेर्न सकिन्छ ।