अर्चनाका कारण पवित्राले काटिन् ‘छेस्को’का सबै दृश्य
अभिनेत्री पवित्रा आचार्यले आफ्नो नयाँ फिल्म छेस्कोका सबै दृश्य निकाल्न लगाएकी छिन् । फिल्म भित्र रिहाब सेन्टरमा काम गर्ने यूवतीको भूमिकामा उनी देखिएकी थिइन् । तर, फिल्मको निर्माणपक्षले बदमासी गर्दै पोर्न स्टार बन्छु भन्दै हिडेकी अर्चना पनेरुलाई फिल्ममा ल्याएर उत्तेजक दृश्य जथाभावी घुसाएपछि पवित्रा आक्रोशित थिइन् ।
उनले फिल्मको सुरुवातमा राम्रो कथा भएपनि अहिले आएर विकृती फैलाउने दृश्य खिचिएको भन्दै सबै दृश्य निकाल्न भनेकी हुन् । अब, पवित्राको कुनै दृश्य र नाम फिल्ममा रहनेछैन । अर्चना पनेरुलाई एकाएक फिल्मको कथामा राखेर यसका निर्माताले चुम्बन र वेड सिन राखेर चर्चा कमाउने नकारात्मक शैली अपनाएका छन् ।