अभिनेता सलमान खान र रणवीर सिंह पर्दामा एकसाथ आए भने के होला ? यही सोच्नेहरुका लागि खुशीको खबर । यशराज ब्यानरले आफ्नो नयाँ फिल्म ‘धुम ४’मा यी दुइलाई लिने चर्चा सुरु भएको छ ।  salman and ranbir

सलमान यो फिल्ममा खलपात्रको भूमिकामा देखिने भएका छन् । संभवत रणवीरले उनको पिछा गर्नेछन् । यशराज ब्यानरले यसपटक फिल्मलाइ यूवाहरुलाई आकर्षित गर्ने गरि तयार पार्ने सोच राखेको छ । जसका लागि सलमान र रणवीर उसको आँखामा परेका हुन् ।

फिल्ममा उदय चोपडा र अभिषेक बच्चन हुने नहुने पक्का भएको छैन । ‘धुम’ सिरिज सबैभन्दा सफल मानिन्छ । यशराज ब्यानर यी दुइ कलाकारबाट उत्साहित छ ।

For More videos Log on to Mazzako TV