अभिनेता आर्यन सिग्देल स्लिम बन्ने, फिट देखिने भन्ने कुरा सुन्दा अचेल धेरैलाई हाँसो  लाग्छ । किनकी, आर्यनको यो कुरा कुरामा मात्र सिमित छन्, काम हुँदैन । फिल्म ‘क्लासिक’का लागि दुब्लाउनु पर्ने आर्यन दुब्लाएनन् र फिल्ममा मोटो देखिए । Aryan sigdel

अब, यी अभिनेतालाई लिएर निर्देशक दीनेश राउतले फिल्म बनाउँदैछन् । फिल्ममा आर्यन सिग्देल इन्टरटेन्मेन्ट र बिष्णु कार्कीको लगानी हुनेछ । दीनेशका अनुसार आर्यन फिट नभएसम्म यो फिल्मको छायांकन नै हुँदैन ।

आर्यन पनि दीनेश राजाले फिट देखिनु भनेका छन् भन्दै तौल घटाउन लागिपरेका छन् । यदि, आर्यनको फिगर स्लिम देखियो भने सोच्नुहोस्, बबाल नै भयो । फिल्मको सम्पूर्ण छायांकन थाइल्याण्डमा गरिनेछ । फिल्मको नाम तय भएको छैन । लभस्टोरी यो फिल्ममा नम्रता श्रेष्ठ नै अभिनेत्री हुन् संभावना छ ।

For More videos Log on to Mazzako TV