पोष्टरमै चुम्बन, रणवीर र बाणीको कस्तो शैली ?
यशराज ब्यानरले निर्माण गरेको नयाँ फिल्म ‘वेफिक्रे’को नयाँ पोष्टर रिलिज गरिएको छ । यो पोष्टरमा फिल्मका मुख्य २ कलाकार रणवीर सिंह र बाणी कपुर लीपलक गर्नमा नै मस्त छन् ।
यो फिल्मलाई डिसेम्बर ९ मा रिलिज गरिनेछ । फिल्मको निर्देशन आदित्य कपुरले गरेका हुन् । आदित्य लभ स्टोरी फिल्म बनाउन माहिर मानिन्छन् ।
बाणीले आफ्नो पहिलो फिल्म ‘शुद्ध देसी रोमान्स’मा पनि चुम्बन गरेकी थिइन् ।