टम क्रुजसँग फिल्म खेल्न दीपिकाको अडिशन
‘द जेन्डर केज’ नामक हलिउड फिल्मको छायांकनमा व्यस्त बलिउड अभिनेत्री दीपिका पादुकोणले अब बलिउड भन्दा हलिउड फिल्मलाई नै आफ्नो करिअर बनाउन लागेको देखिन्छ । अभिनेत्री पादुकोणले हलिउडका चर्चित अभिनेता टम क्रुजको आउँदो फिल्म ‘द ममी’को लागि अडिशन दिएकी छिन् ।
स्पोर्टब्याईमा छापिएको खबर अनुसार दीपिकाले हलिउड फिल्म द ममीको लीड रोलका लागि अडिशन दिएकी हुन् । कास्टिङ डिरेक्टरले दीपिकालाई लिने र नलिने बिषयमा केही भनेका छैनन् । फिल्मका लागि अरु विकल्प पनि हेरिएको छ । यो फिल्मका लागि अर्की बलिउड अभिनेत्री हुमा कुरैशीले पनि अडिशन दिएकी छिन् । तर, उनको स्थानमा एक बेलायती अभिनेत्रीले संझौता गरिसकेकी छिन् ।