‘बाजिराओ मस्तानी’ले हा¥यो कपिलको शोसँग
जब स्टेज कमेडीका राजा मानिने कपिल शर्माले सोनी च्यानलबाट ‘द कपिल शर्मा शो’ ल्याउने कुरा गरे, कर्लस च्यानल हच्कियो । कलर्स च्यानलमा ‘कमेडी नाइट्स विथ कपिल’ शो संचालन गर्दा गर्दै विवाद भएपछि कपिल सोनीतर्फ लागेका थिए ।
अप्रिल २३ बाट कपिलले शो सुरु गर्ने बताएपछि सोही दिन कर्लसले विना विज्ञापन ‘बाजिराओ मस्तानी’ प्रशारण गर्ने निधो गरेको थियो । रणवीर सिंह, दीपिका पादुकोण र प्रियंका चोपडा अभिनित चलचित्रको प्रशारण कपिलको शोसँगै भयो । तर, कपिलको शोलाई असफल बनाउने कर्लसको प्रयास पूर्ण रुपमा असफल बनेको छ । बलिउडका चर्चित स्टारको चलचित्रलाई कपिलको शोको टीआरपीले उछिनेको छ ।
कपिलको शोको टीआरपी ५.८ छ भने बाजिराओ मस्तानीको टीआरपी २.४ छ । यसरी हेर्दा कपिलको शोले टीआरपीमा चर्चित फिल्मलाई उछिनेको छ ।
For More videos Log on to Mazzako TV