पतिसँग किमको यस्तो पहिरन
पहिरनकै कारण चर्चामा आउने रियालिटी स्टार किम कार्दशियन ‘मेट गाला’मा न्यूयोर्क रेड कार्पेटमा देखिइन् । पति केन्यसँग उपस्थित किमले लगाएको पहिरन खुबै चर्चित बन्यो । उनले धातु जडित पहिरन लगाएकी थिइन् । हुनत, रे कार्पेटमा उपस्थित अधिकांशको पहिरन यस्तै धातुले बनाइएको थियो । तर, पहिरन लगाउन खुबै सिपालु मानिएकी किमको पहिरन विशेष थियो ।
किमले विभिन्न शैली र पोजमा पतिसँग तस्बिर खिचाइन् । रेड कार्पेटमा हलिउड चर्चित अनुहारहरुविच पहिरन लगाउने प्रतिस्पर्धा नै देखियो ।