आफूलाई डायन भन्नेहरुलाई कंगनाको यस्तो जवाफ
बलिउड अभिनेत्री कंगना रनावत अहिले खुबै चर्चामा छिन् । उनको चर्चाको मुख्य कारण हो, ऋतिक रोशनसँगको विवाद । कंगनाले यो विवादमा पहिलो पटक खुलेर कुरा गरेकी छिन् । उनले आफू यो बिषयमा बोल्नका लागि तयार नभएको पनि बताएकी छिन् ।
कंगनालाई डायन, चुडेल, कालो जादु गर्ने यूवती जस्ता शब्द प्रयोग गरिएको थियो । उनले आफ्नो नाम यसरी प्रयोग होला भनेर नसोचेको बताएकी छिन् । उनले आफ्नो जीवनमा भएका यस्ता कुराले आफू खुबै अचम्मित भएको बताइन् ।
साथै उनले आफूलाई विभिन्न उपनाम दिएर आरोप लगाउनेहरुमाथि केही भनिन् । किनकी, भारतमा महिलालाई चुडेल, साइकोपैथ, डायन भनिने गरेको उनले बताइन् ।
For More videos Log on to Mazzako TV