मलिनाको अनुपसँग प्रेम थियो कि थिएन ?
अभिनेता अनुपविक्रम शाही र अभिनेत्री मलिना जोशीविच प्रेम थियो कि थिएन ? यो कुरा झनै दोधारमा परेको छ । फिल्म नगरीका सबैलाई थाहा छ मलिनासँग अनुपको प्रेम थियो । तर, फिल्म ‘द विनर’को कार्यक्रममा आएकी अभिनेत्री जोशीले अनुपसँगको प्रेमलाई स्विकार गरिनन् ।
अनुप र मलिनाको ब्रेकअप भएको खबर गतबर्षको दसैमा सार्वजनिक भएको थियो । सो समयमा मलिना अमेरिकामा थिइन् । तर, उनै मलिनाले अनुपसँग आफूले प्रेम भएको र नभएको कुरा नै मिडियालाई नभनेकाले व्रेकअपको खबर बारे पनि केही बताउन चाहिनन् ।
उनले आफूले मिडियालाई यो बिषयमा कहिले पनि नभनेको भन्दै ब्रेकअपको बिषयमा पनि केही बोलिनन् । आखिर, किन मलिना सबैले थाहा पाएको सम्बन्धलाई अस्विकार गर्दैछिन् । के यी दुइविच कुनै असमझदारी छ ?
For More videos Log on to Mazzako TV