शिखाको मुस्कान देख्न मुश्किल नै पर्छ
दीपशिखाबाट शीखा बनेकी अभिनेत्रीको यस्तो मुस्कान हेर्न गाह्रो नै पर्छ । कारण, अभिनेत्री दीपशिखा शाही खासै फिल्ममा देखिन्नन् । उनले अभिनय गरेका केही फिल्म पूर्ण रुपमा असफल भएपछि यी अभिनेत्रीको उपस्थिती नेपाली रजतपटका लागि सुखद बनेन । यसैले, फिल्मी कार्यक्रमदेखि फिल्म पर्दामा यीनलाई देख्न विरलै पाउँछन् दर्शकले ।
दर्शकको नजरमा समेत नपरेकी ‘जंगे’ अभिनेत्रीको पहिरन फिल्मको प्रिमियरमा आकर्षक थियो । तर, उनको यस्तो आकर्षक पहिरन र मुस्कान हेर्नका लागि दर्शकदेखि मिडियाकर्मीले लामै समय कुर्नपर्छ । फिल्म क्षेत्रमा खासै सफलता नपाएकी शिखा किन यसरी हराउँछिन् कसैलाई थाहा छैन ।
फिल्म ‘मानव’ खेल्दा जुन खालको आशा यीनिबाट गरिएको थियो, त्यो पुरा भएन । फिल्म ‘इच्छा’ पनि नचलेपछि उनी हराइन् । रोशन हमालले उनलाई फिल्म ‘रंग’मा खेलाए, तर रंग गतिलो पोतिएन ।
फिल्म ‘जंगे’मा पनि उनको भन्दा ज्यादा चर्चा अभिनेत्री ऋचा शर्माको भएपछि यसपटक पनि उनी लाइमलाइटमा नआउने पक्का छ । शिखालाई आखिर फिल्म लाइनको लक किन लागेन ?
For More videos Log on to Mazzako TV