आमालाई नछाड्ने साम्राज्ञी, गएन क्या हो बालपन ?
फिल्म ‘ड्रिम्स’ चलेपछि एकाएक चर्चामा आएकी अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मीलाई सार्वजनिक कार्यक्रममा कतै देख्नु भयो भने, उनी एक्लै मात्र हुँदिनन् । साम्राज्ञीसँगै उनकी आमा पनि एकसाथ हुन्छिन् ।
फिल्म खेल्नु अगाडि अध्ययन र टीभी हेरेरै समय बिताउने साम्राज्ञी अहिले चर्चामा छिन् । आमाले भने छोरीलाई कुनै पनि कार्यक्रममा एक्लै छाडेको देखिदैन । ‘ड्रिम्स’का हरेकजसो कार्यक्रममा साम्राज्ञी र उनकी आमा एकसाथ देखिए । फिल्मको सफलता पार्टीमा त साम्राज्ञीकी आमा पत्रकारसँग अभिनेत्रीको बिषयमा कुरा गर्न नै व्यस्त देखिएकी थिइन् । फिल्म ‘जंगे’को प्रिमियरमा पनि साम्राज्ञी आमासँगै नै पुगेकी थिइन् ।
आखिर, साम्राज्ञी आफ्नी आमालाई हरेक कार्यक्रममा किन छाड्दिनन् ? कतै यी अभिनेत्रीको बालापान अझै नगएको पो हो कि ? हुनसक्छ, आमा र छोरी साथी जस्ता छन् । जसले हरेक ठाउँमा एकसाथ पुग्ने गर्छन् ।
For More videos Log on to Mazzako TV