एक्सन किंग शिव श्रेष्ठ र नायिका जेनिशा केसीको मुख्य भुमिका रहेको चलचित्र ‘एक्सन’ जेठ १४ गतेदेखि सार्वजनिक प्रर्दशनमा आउने भएको छ । आज राजधानीमा पत्रकार भेटघाटको कार्यक्रम आयोजना गर्दै चलचित्रको रिलिज डेटको बारेमा जानकारी गराईयो । कार्यक्रममा चलचित्रको प्रोमो पनि देखाईएको थियो । ‘एक्सन’ को प्रोमोमा नाम झै एक्सनका दृश्यले नै बढी स्थान पाएका छन् ।

Action Nepali Movie 1

चलचित्रको पोष्टरमा नायिकालाई मज्जाले स्थान दिईएपनि प्रोमोमा भने कम स्थान दिएकोमा नायिका केसी खिन्न देखिईन । उनले निर्देशकसँग चित्त पनि दुखाईन । ‘प्रोमोमा आफुलाई अलि बढी देखाईएको होला भन्ने लागेको थियो सारै कम रैछ’ नायिका केसीले भनिन् । यता चलचित्रको प्रेस मिटमा नायक शिव श्रेष्ठको पनि उपस्थिती देखिएन ।

Jenisha KC

चिरायु फिल्मस्को ब्यनरमा बनेको चलचित्र एक्सनलाई राजु अर्यालले निर्देशन गरेका हुन् । चलचित्रमा शिव र जेनशासँगै प्रमोद दिप, कसम गुरुङ, दिनेश घिमिरे, राज थपलिया, विशाल पहाडी लगायतको अभिनय रहेको छ ।

Action Nepali Movie 2

चलचित्रलाई शर्मिला तामाङ र दिपेन्द्र कोइरालाले मिलेर बनाएका हुन् । फिल्मलाई रविन्द्र बरालले खिचेका हुन् भने एक्सनमा कुमार महर्जनको फाईट डाईरेक्सन छ ।

For More videos Log on to Mazzako TV