फिल्म ‘हाउ फन्नी’ले शुक्रबार र शनिबार ५० लाखको ग्रस कलेक्शन गरेको दाबी निर्देशक निलु डोमा शेर्पाले गरेकी छिन् । शुक्रबार १५ लाखको व्यापार गरेको फिल्मले शनिबार ३५ लाखको कमाई गरेको दाबी निर्माताको छ ।priyanka and nilu

माल्भिका सुब्बा कार्यकारी निर्माता रहेको यो फिल्मलाई कमेडी जनरामा तयार पारिएको छ । तर, फिल्म हेरिसकेका दर्शकदेखि समिक्षक र पत्रकारले भने यसलाई गतिलो रेटिङ दिएका छैनन् । यसैले आइतबारदेखिको वर्ड अफ माउथले फिल्मलाई बलियो या कमजोर बनाउने भन्ने प्रष्ट पार्नेछ ।

फिल्मको शो र हल पनि थपिएको दाबी गरिएको छ । ‘बाटो मुनिको फूल २’ सिंगल थिएटरमा राम्रै चलिरहेको समय मल्टिप्लेक्समा कुनै विदेशी फिल्म नहुनुको फाइदा यो फिल्मले उठाएको छ । प्रियंका कार्की फिल्मको व्यापारले खुशी छिन् । केकी अधिकारी, दयाहाङ राई विदेशमा छन् ।

For More videos Log on to Mazzako TV