मोदी नअटाएको प्रभावशाली व्यक्तिको सूचीमा प्रियंका
टाइम्स पत्रिकाले सार्वजनिक गरेको विश्वका प्रभावशाली सय व्यक्तिको सूचीमा बलिउड अभिनेत्री प्रियंका चोपडा परेकी छिन् । तर, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भने यो सूचीमा अटाउन सकेनन् । नेपालमा नाकाबन्दी गरेपछि विश्वमै अलोकप्रिय बनेका मोदीलाई बलिउड अभिनेत्रीले जितेकी छिन् ।
प्रियंका हलिउड फिल्म, गीत र टेलिभिजन सिरयलमा लागेपछि उनको चर्चा विश्वभर भैरहेको छ । प्रियंकाले उत्कृष्ट सयको सूचीमा परेपछि खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद दिएका छन् । हलिउडका चर्चित अभिनेता र अभिनेत्री समेत परेको यो सूचीमा भारतका खेलाडी, व्यापारी परेका छन् ।