कट्रिनासँग सिद्धार्थको यस्तो प्रेम केमेष्ट्री
अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कट्रिना कैफको जोडी कस्तो होला ? यी दुई एकसाथ पर्दामा देखिएपनि यी दुइको जोडी सुहाउला कि नसुहाउला ?तर, दर्शकको यही कौतुहलतालाई पुरा गर्न अभिनेता सिद्धार्थले आफ्नो ट्विटरमा फिल्मका केही फोटो राखेका छन् । जहाँ, उनको र कट्रिनाको लुक सार्वजनिक भएको छ ।
कट्रिना सिद्धार्थको अंगालोमा छिन् । धर्म प्रोडक्शनले निर्माण गरिरहेको फिल्म ‘बार बार देखो’मा यी दुइको प्रेम देखिएको हो । यो फिल्म सेप्टेम्बर ९ मा रिलिज हुनेछ ।
नित्या मेहराले यो फिल्मको निर्देशन गरिरहेका छन् । फिल्म पूर्ण प्रेम कथामा तयार भैरहेको छ ।