प्रत्युषाले गराएकी थिइन् गर्भपतन, डाक्टरले खोले रहस्य
केही हप्ता अगाडि आफ्नै घरमा मृत फेला परेकी भारतीय टेलिभिजनकी चर्चित कलाकार प्रत्युषा बनर्जीले आत्महत्या गर्नु भन्दा एक दिन अगाडि गर्भपतन गरेको खुलेको छ । जेजे अस्पतालको रिपोर्टमा उनले गर्भपतन गराएको पक्का भएको छ ।
प्रत्युषाको पेटमा २ महिनाको बच्चा थियो । उनले आत्महत्या गर्नु भन्दा एक दिन अगाडि गर्भपतन गराएकी थिइन् । उनले पील खाएर गर्भपतन गराएको डाक्टरको रिपोर्टमा उल्लेख छ ।
जेजे अस्पतालले प्रत्युषाको यूटरसको टिश्युजको हिस्टोपैथोलिकज एग्जामिनेशन गरेको थियो, जसबाट यो कुराको पुष्टी भएको हो । प्रत्युषाको पेटमा कसको बच्चा थियो भन्ने खुलेको छैन । यो बिषयमा प्रहरीले उनका प्रेमी राहुलसँग पनि सोधपुछ गर्नेछ ।
For More videos Log on to Mazzako TV