साहरुखको तारिफ नै तारिफ, व्यापार औषत
कुनै गीतसंगीत र अभिनेत्री विना नै करिब २ घन्टा २२ मिनेटमा तयार भएको फिल्म ‘फ्यानले’ भारतीय बक्स अफिसमा औषत सुरुवात गरेको छ । पहिलो दिन १९.२० करोड र दोश्रो दिन १५.४० करोडको व्यापार गर्दै साहरुख खान अभिनित फिल्म फ्यानले २ दिनमा ३४.६० को व्यापार गरेको छ ।
मनिष शर्माले निर्देशन गरेको यो फिल्मले ओभरसिजनमा भने राम्रो सुरुवात ग¥यो । शुक्रबार यो फिल्मले १७ करोड माथिको व्यापार ओभरसिजमा गरेको छ । तर, फिल्मबाट बलिउड अभिनेता साहरुख खानलाई भने खुबै फाइदा मिलेको छ । साहरुखको दोहोरो भूमिकालाई दर्शकदेखि बलिउडकर्मीले पनि खुलेरै प्रशंसा गरेका छन् । साहरुखले निर्वाहा गरेको ५० बर्षको स्टार र २५ बर्षको फ्यानको भूमिकाले सबैको मन जितेको छ । साहरुखले अभिनय गर्न छाडे भन्नेहरुका लागि ‘फ्यान’ फेरि अभिनयको उदाहरण बनेको छ ।
आइतबार आज फिल्मको व्यापार बढ्ने पक्का छ । आइपीएल चलिरहनु, कुनै गीत नहुनु, मसला बिषय नहुनुले पनि फ्यानको कमाई कम भएको विश्लेषण विश्लेषकहरुले गरेका छन् ।
For More videos Log on to Mazzako TV