केही हप्ता अगाडि मात्र जेलबाट छुटेका अभिनेता संजय दत्त अझै मस्तीको मुडमा छन् । उनले आफ्नो निवासमा मस्ती गर्दा छिमेकीलाई भने प्रहरी नै बोलाउनु परेको छ ।
संजयले आफ्नो निवासमा ठूलो म्यूजिकमा पार्टी गर्दा छिमेकीलाई हैरानी भयो ।
Sanjay dutt
जसकाकारण उनीहरुले प्रहरीलाई बोलाएका थिए । संजयका छिमेकीका अनुसार यस्तो घटना पहिलो पटक भएको होइन । जेल जानु अगाडि पनि संजयले यसरी नै पार्टी आयोजना गर्थे, जहाँ ठूलो आवाजमा म्यूजिक बजाइन्थ्यो ।

छिमेकीले पनि प्रहरीलाई बोलाएको पहिलो पटक होइन । बलिउडका कलाकारको पार्टीमा अरुलाई अवरोध भएपछि प्रहरी बोलाइएको यो  पहिलो घटना भने होइन ।

For More videos Log on to Mazzako TV