स्टारडमले चल्ने रेखा र अनमोल मात्र ? अरुलाई कन्टेन्टकै सहारा ?
यो बर्ष थुप्रै स्टारको फिल्म आउँदैछ । तर, गएको बर्षलाई हेर्ने हो भने जम्मा २ जना कलाकार मात्र स्टारडमको आधारमा चलेका छन् । फिल्मको समिक्षा मिश्रित आएपनि स्टारडमकै आधारमा दर्शक हलमा तान्न सफल २ जना कलाकार मात्र देखिए ।
अभिनेता अनमोल केसीको फिल्म ‘ड्रिम्स’ले मिश्रित प्रतिक्रिया पायो । तर, उनलाई हेर्न भनेरै हलमा दर्शक ओइरिए । यसैले पनि होला भूवन केसीको हातमा मात्र यो फिल्मले २ करोड जती पारिदियो । सिंगलदेखि मल्टिप्लेक्समा दर्शक ओइरिएका थिए ।
बर्षको अन्त्यमा रिलिज भएको फिल्म ‘रामप्यारी’ पनि स्टारडमकै आधारमा चल्यो । अभिनेत्री रेखा थापालाई हेर्न भनेरै दर्शक हलमा आए । सिंगल थिएटरमा यो फिल्मको व्यापार उच्च थियो । रेखा सिंगल थिएटरमा राज गर्ने अभिनेत्री हुन् ।
हुनत, अभिनेता निखिल उप्रेतीको २ वटा फिल्म ‘भैरव र लुटेरा’ पनि स्टारडमकै आधारमा दर्शक बटुल्न सफल भयो । तर, यी दुबै फिल्मको लगानी नउठेको बताइन्छ । रेखा र अनमोलको फिल्म जस्तो व्यापार निखिलको यी दुइ फिल्मको छैन । तर, निखिलले आफ्नो स्टारडम फिर्ता भने ल्याएका हुन् ।
दयाहाङ राई कन्टेन्टका आधारमा चले भने प्रियंका कार्की सफल ब्यानर, मेकर र सहकर्मी कलाकारको बलमै चलेको देखिइन् ।
For More videos Log on to Mazzako TV