बलिउड अभिनेता साहरुख खानले कुनै पनि प्रोडक्ट एन्डोर्स गर्नु अगाडि त्यसको बारेमा क्रस चेक गर्न आफ्ना सहकर्मी कलाकारलाई सल्लाहा दिएका छन् । बलिउडमा अहिले कलाकारमाथि जस्ता पनि सामानलाई इन्डोर्स गरेको भन्दै आरोप लागिरहेको छ । साथमा विभिन्न कलाकारमाथि उजुरी पनि पर्ने गरेको छ ।
srk
साहरुखले कुनै पनि प्रोडक्टको क्वालिटीका लागि सेलिब्रेटीलाई पूर्ण रुपमा जिम्मेवारी ठह¥याउन नमिल्ने बताए । साहरुख अहिले आफ्नो नयाँ फिल्म ‘फ्यान’को प्रचारमा व्यस्त छन् । उनले सेलेब्ससँग कुनै पनि सामानको बारेमा केही जानकारी हुने तर पूर्ण रुपमा जानकारी नहुने बताए ।

तर, उनले कम्पनी, उसको अनुभवलाई चेक गर्न जरुरी रहेको साहरुखको भनाई थियो । साहरुखले कुनै पनि सामानलाई प्रचार गर्नु अगाडि सामान्य चेक मात्र नभएर क्रस चेक पनि गर्न जरुरी रहेको बताए ।

For More videos Log on to Mazzako TV