धेरै कलाकार एउटा हिट फिल्म खेल्नका लागि लालयित हुन्छन् । फिल्म हिट भयो भने आफू पनि चलिन्छ भन्ने उनीहरुको वुझाई छ । तर, यो बर्ष केही फिल्म रिलिज भए र चले । तर, त्यसमा काम गर्ने केही कलाकारलाई त्यसले खासै फरक पारेन । Barsha Siwakoti

फिल्म ‘होस्टेल रिटन्र्स’ चलेपनि यसका मुख्य कलाकार सुशिल श्रेष्ठ र शशी श्रेष्ठ चलेनन् । यी दुबैको कामबाट खासै दर्शक र समिक्षक प्रभावित बनेको पाइएन । यी दुइको व्यस्तता फिल्म क्षेत्रमा छैन । फिल्म ‘रेशम फिलिली’ चलेपनि यसकी मुख्य कलाकार मेनुका प्रधानलाई खासै असर परेन । उनी सामान्य रोलदेखि मुख्य अभिनेत्रीको रोलमै व्यस्त त छिन्, तर दर्शकले अझै नोटिस गर्न सकेका छैनन् ।

फिल्म ‘पशुपति प्रसाद’ले राम्रो कमाई ग¥यो । तर, यो फिल्मकी मुख्य अभिनेत्री बर्षा सिवाकोटीलाई कुनै अर्थ राखेन । छोटो र नबोल्ने रोलमा देखिएकी बर्षाले मेरो एउटा हिट फिल्म छ भन्नु बाहेक अरु केही कमाल गर्न सकिनन् । फिल्म ‘लुटेरा’ले आंशिक व्यापार ग¥यो, तर अभिनेत्री निशा अधिकारी चलिनन् ।

निशालाई लिएर फिल्म बनाउन निर्माता उत्साहित भएनन् । फिल्म ‘भैरव’ चल्यो, तर अभिनेत्री अनु शाह चलिनन् । अनुलाई हेर्न दर्शक हलसम्म आएनन् । उनी लोकगीत र म्यूजिक भिडियोमा नै रमाइरहिन् । anu and sarika

फिल्म ‘ड्रिम्स’ चलेपनि यसकी एक अभिनेत्री सन्ध्या केसीलाई खासै फाइदा भएन । सबै क्रेडिट अनमोल केसी र साम्राज्ञी राज्यलक्ष्मी राणाले नै लगे । कतिपय कलाकारलाई फिल्म चलेपनि त्यसले खासै अर्थ राख्दैन । जुन यो बर्ष पनि देखियो ।

For More videos Log on to Mazzako TV