जब कुनै विवाहित अभिनेत्री अस्पताल जान्छे, मिडियामा चर्चा हुन्छ उ गर्भवती छ । जब कुनै अविवाहित अभिनेत्री अस्पताल जान्छे, बजारमा चर्चा हुन्छ कि उसले गर्भपतन गराई । आखिर गसिपको दुनियाँले चर्चाका लागि कुनै न कुनै कोण खोजेकै हुन्छ । karina kapoor

बलिउड अभिनेत्री करिना कपुर गर्भवती भएको खबर बजारमा खुबै चलेको छ । करिना एक अस्पतालमा नियमित जान थालेपछि यस्ता खालका चर्चा सुरु भएको हो । तर, करिनाले यो कुरालाई अस्विकार गरेकी छिन् । उनले अझै आफू २ बर्ष बच्चाका लागि तयार नभएको बताएकी छिन् । उनले प्राकृतिक तरिकाले नै आफूले बच्चा जन्माउने पनि बताइन् ।

करिनाले आफ्नो एक्स फ्रिज गराइरहेको चर्चा पनि भएको थियो । करिअरका लागि महत्वकांक्षी महिलाहरु यस्तो काम गर्छन् । जब, उनीहरुलाई बच्चाको चाहना हुन्छ अनी उनीहरु जन्माउन सक्छन् । सैफअली खानसँग बिहे गरेर बलिउडमा नै रमाइरहेकी करिनाले बच्चाको चाहना तत्काल नभएको बताएर सबैको सोचमा पानी फ्याकिदिएकी छिन् ।

For More videos Log on to Mazzako TV