रीयल लाइफमा त अभिनेत्री सुष्मा कार्की दौडिएको दौडिएकै छिन् । कहिले विदेश यात्रा त कहिले स्वदेशमै उनको यात्रा अगाडि बढिरहेको छ । तर, रील लाइफमा यी अभिनेत्रीको यात्रा सुस्त गतीमा अगाडि बढेको छ ।
sushma karki
यो बर्ष उनी अभिनित फिल्म ‘चलेस बतास सुस्तरी’ रिलिज भएपनि यसको हावा सुस्तरी नै चल्यो । सुष्मा यो फिल्मबाट आफ्नो करिअर नै पुरा परिवर्तन हुने अपेक्षामा थिइन् । तर, त्यस्तो भएन । जसकाकारण सुष्माको मार्केट भ्यालु घाटामा गएको कम्पनी जस्तै ह्वात्तै घटेको छ ।

सुष्मा रीयल लाइफमा त विन्दास छिन् । तर, करिअरको गाडी पनि हाई स्पिड गतीमा दौडिएको भए उनले सन्तोकको श्वास फेर्ने थिइन् ।

For More videos Log on to Mazzako TV