सन् २००९ मा रिलिज भएर चर्चामा रहेको फिल्म ‘कमिने’को सिक्वेल नबन्ने भएको छ । निर्देशक विशाल भारद्धाजले यसको सिक्वेल नबन्ने बताएका छन् । बजारमा यो हिट फिल्मको सिक्वेल बन्ने चर्चा चलिरहेको समयमा निर्देशक भारद्धाजले यो हल्लालाई पूर्णविराम लगाइदिएका हुन् ।
kamine
विशालले आफूलाई एक फिल्म मेकरको रुपमा पनि विकसित हुनु छ भन्दै पैसा मात्र सबैथोक नभएको बताएका छन् । उनले अभिनेता साहिद कपुर र अभिनेत्री प्रियंका चोपडाको भूमिकालाई फेरि दोहो¥याउन नचाहेको बताए ।

यो फिल्मले रिलिजको समयमा तहल्का मच्चाएको थियो । साहिद कपुरको भूमिकालाई लिएर राम्रो तारिफ पनि भएको थियो ।

For More videos Log on to Mazzako TV