सलमानका भाई सोहीलसँगको प्रेमका बारेमा हुमाको यस्तो रियाक्शन
बलिउड दबंग खान सलमान खानको घरमा अहिले त्यती राम्रो चलिरहेको छैन । सलमानको करिअर त उच्च स्थानमा छ, तर उनको घरमा भने केही तनाव भैरहेको छ । सलमानका भाई अरवाज खान र मलाइका अरोरा खानविच डिभोर्स भैसकेको छ । उनका कान्छा भाई सोहिल खानको बलिउडकी एक अभिनेत्रीसँग प्रेमको मामलामा मुछिएको छ । हुमा कुरेसी नाम गरेकी यी अभिनेत्री र सोहिलको सम्बन्धको बारेमा लामो समयदेखि मिडियामा स्टोरी चलिरहेको छ ।
लामो समयदेखि यो चर्चा सुरु भैरहेपनि दुबैले मुख खोलेका छैनन् । तर, अब हुमाले भने यो बिषयमा मुख खोल्दै यसलाई हावादारी भनेकी छिन् । उनले मिडियाले आफूलाई आफ्नो मिहिनेतबाट टाढा भगाउनका लागि यस्तो स्टोरी चलाएको आरोप लगाएकी छिन् ।
उनले आफूले जीन्दगीमा जुन स्थान हासिल गरेकी छु, त्यसको पछाडि एक प्रतिष्ठित परिवारको पुरुषको हात रहेको देखाउन मिडियाले यस्तो समाचार प्रकाशन गरिरहेको आरोप पनि लगाएकी छिन् । उनले कोही पनि पुरुषसँग आफू सम्बन्धमा नरहेको दाबी पनि गरेकी छिन् ।
For More videos Log on to Mazzako TV