फिल्म ‘बाटो मुनिको फूल २’मा अभिनय गरेकी अभिनेत्री अशिष्मा नकर्मीले आफूलाई बिहे वा प्रेमका लागि नेवार समुदायकै यूवक चाहिने बताएकी छिन् । एक अनलाइनसँगको कुराकानीमा अशिष्माले आफूले आफ्नो संकार, समाज र परिवारलाई पनि हेर्नुपर्ने बताइन् । सानैबाट आफूले यो बिषयलाई भोगेको भन्दै अशिष्माले बिहेका लागि नेवार समुदायकै यूवा भए राम्रो हुने बताएकी छिन् । Ashishma Nakarmi
अशिष्माले अभिनय गरेको फिल्म ‘बाटो मुनिको फूल २’ ले अन्तरजातीय बिहेको बिषयमा वकालत गरेको छ । अन्तरजातीय बिहे गर्ने जोडीलाई स्कुटी पुरस्कार दिने घोषणा समेत गरिएको छ । अभिनेत्री नकर्मीले भने नेवार समुदाय भन्दा बाहिरको यूवा आएको खण्डमा सम्बन्ध अगाडि नबढाउने बताएकी छिन् ।

For More videos Log on to Mazzako TV